८ श्रावण २०८३, शुक्रबार

कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा १२ जनाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको आदेश

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाहीमा ६ वर्षअघि भएको विप्लव समूहका नेता कुमार पौडेल को इन्काउन्टर प्रकरणमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालत ले परमादेश जारी गरेको छ।

न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेल को इजलासले हुलाकमार्फत परेको जाहेरी कानुनअनुसार दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

उक्त जाहेरीमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित १२ जनालाई अनुसन्धानको दायरामा ल्याउन माग गरिएको थियो।

२०७६ असार ५ गते सर्लाहीको लालबन्दी क्षेत्रमा भएको घटनामा प्रहरीसँगको मुठभेडमा पौडेल मारिएको प्रहरीले जनाएको थियो। तर परिवार र विप्लव समूहले भने उनलाई नियन्त्रणमा लिएपछि हत्या गरिएको दाबी गर्दै आएका छन्।

यस प्रकरणमा पौडेलकी आमा दुर्गादेवी पौडेलले अनुसन्धान नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। अदालतको आदेशसँगै अब घटनाबारे औपचारिक अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको छ।

Skip This