विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष नेकपा (एमाले) बाट निष्काशित भएकी छिन् ।
चुनावमा अन्तर्घात गरेको आरोपमा पार्टीले उनलाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो । चुनावमा उनले अन्य दलकै उम्मेदवारलाई भोट मागेको आरोप छ ।
लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।








प्रतिक्रिया