२२ असार २०८३, सोमबार

केपी ओलीका पितालाई श्रद्धाञ्जली दिन पुगे प्रचण्ड

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन अस्पताल पुगेका छन् ।

श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका हुन् ।

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।