२२ असार २०८३, सोमबार

पूर्वसर्वोच्च नेता खामेनीईकी श्रीमतीको मृत्युको खबर झुटो भएको दाबी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका सरकारी सञ्चारमाध्यमहरू फार्स न्युज एजेन्सी र नुर न्युजले इरानका दिवंगत पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनीईकी पत्नीको मृत्यु भएको भनिएका समाचारको खण्डन गरेका छन् ।

यसअघि अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणका क्रममा लागेको चोटका कारण उनको मृत्यु भएको खबर सार्वजनिक भएको थियो ।

इरानका दोस्रो सर्वोच्च नेता खामेनीईको गत फेब्रुअरी २८ मा तेहरानस्थित उनको निवासमा अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा परी मृत्यु भएको थियो ।

फार्सले बाघेरजादेहको मृत्युबारेका सुरुआती रिपोर्टहरू गलत भएको र नेताको हत्यापछि फैलिएको भ्रामक जानकारीलाई सच्याउन खोजेको बताएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बद्ध नुर न्युजले भनेको छ, “सहिद क्रान्तिकारी नेताकी पत्नी जीवित हुनुहुन्छ र उनको शहादतको बारेमा प्रकाशित सुरुआती समाचार गलत थियो ।”

यी सञ्चारमाध्यमहरूले उनको स्वास्थ्य अवस्थाबारे थप विवरण दिएका छैनन् । अघिल्ला रिपोर्टहरूसँग किन बाझियो भन्नेबारे पनि स्पष्ट पारेका छैनन् । सीएनएनले स्वतन्त्र रूपमा यी रिपोर्टहरूको पुष्टि गर्न नसकेको बताएको छ ।

यस महिनाको सुरुमा अन्य इरानी सञ्चारमाध्यमहरूले बाघेरजादेहको सोही आक्रमणमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्ट गरेका थिए । अर्ध–सरकारी इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले आक्रमणपछि उनी कोमामा रहेको र पछि उनको मृत्यु भएको रिपोर्ट गरेको थियो ।