१९ असार २०८३, शुक्रबार

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । रासस