११ असार २०८३, बिहिबार

पूर्वप्रधानमन्त्री ओलीका बुवा मोहनप्रसादको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनले आफूलाई दुःखी बनाएको बताएका छन् ।

‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनले दुःखी बनाएको छ । बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपीजी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ संयोजक प्रचण्डले फेसबुकमा लेखेका छन् ।

अध्यक्ष ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।