काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्चको विवरण पेश गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दी क्षेत्र नम्बर १ मा निर्वाचित पुनले निर्वाचन अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जनाएका छन् । पेश गरिएको विवरण अनुसार उनले होटलमा खाना बस्नका लागि खर्च सबैभन्दा धेरै रकम १३ लाख सात हजार ६१९ रुपैयाँ खर्च गरेको देखिएको छ ।
यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ, डिजेल ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको छ ।








प्रतिक्रिया