१७ असार २०८३, बुधबार

तेलको मूल्य बढ्नु हाम्रा लागि फाइदाजनक, धेरै पैसा कमाउँछौँ : डोनाल्ड ट्रम्प

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेलको मूल्यमा वृद्धि अमेरिकाका लागि फाइदाजनक भएको बताएका छन् । उनले अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक भएको र यसको बढ्दो मूल्यले देशको लागि बढी राजस्व उठ्ने बताए ।

‘संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश हो । जब तेलको मूल्य बढ्छ, हामीले धेरै पैसा कमाउँछौँ,’ ट्रम्पले बिहीबार ट्रुथ सोसलमा लेखेका छन् ।

ट्रम्पले सबैभन्दा महत्त्वपूर्ण कुरा इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताए । ट्रम्पका अनुसार इरानले हतियार प्राप्त गर्‍यो भने यसले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वलाई नै ठूलो खतरा निम्त्याउन सक्छ ।

ट्रम्पको यो भनाइ इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक होर्मुजको जलडमरूम नखोल्ने बताएपछि आएको हो । होर्मुज जलडमरूम मध्यविश्वको सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग हो । यहाँबाट विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने गर्दछ ।

यसैबीच, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले इरानको बढ्दो आक्रमणले इतिहासमै विश्वव्यापी तेल आपूर्तिमा सबैभन्दा ठूलो अवरोध निम्त्याउन सक्ने चेतावनी दिएको छ ।