काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी परेको छ । आज मनोनयन दर्ता गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। जसमा डा. हेमराज शर्मा (यूके), रवीनराज बज्राचार्य (अमेरिका) र रोबिनप्रसाद शेरचन (जापान) रहेका छन्।
त्यसैगरी उपाध्यक्ष पदका लागि विभिन्न देशबाट दश जनाले उम्मेदवारी दिएका छन्। दादीवाल खड्का (जापान), दिनेश पोखरेल (अस्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), खगेन्द्र न्यौपाने (मलेसिया), महेन्द्र ओली (अस्ट्रेलिया), मनोजकुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनिया (अमेरिका), रोजिना प्रधान राई (यूके) र रोशन प्रधान (अफ्रिका) ले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
यस्तै, महिला उपाध्यक्ष पदमा राधिका गुरुङ (हङकङ) को उम्मेदवारी परेको छ। युवा उपाध्यक्ष पदका लागि भीमसेन थापा (पोर्चुगल), मदनराज पौडेल (अस्ट्रेलिया) र ओमन गौचन (यूके) प्रतिस्पर्धामा छन्। महासचिव पदमा चिरञ्जीवी खड्का (चेक गणतन्त्र) र रामशरण सिम्खडा (यूके) उम्मेदवार बनेका छन्। यस्तै उपमहासचिव पदका लागि दिनेश कुमार घिमिरे (यूके), डा. ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया), परशमणि पोखरेल (जापान) र टंकप्रसाद गैरे (जापान) ले उम्मेदवारी दिएका छन्।
एनआरएनएको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने तय भएको छ । महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
सूची–



















प्रतिक्रिया