२९ असार २०८३, सोमबार

कार्यभार सम्हालेपछि इरानी सर्वोच्च नेताले भने– अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण जारी रहनेछ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीले बिहीबार कार्यभार सम्हालेका छन् ।

कार्यभार सम्हालेपछि आफ्नो पहिलो वक्तव्य जारी गदै उनले अमेरिकालाई मध्यपूर्वमा रहेका सैन्य अड्डाहरू बन्द गर्न चेतावनी दिए । अमेरिका, इजरायल र इरानबीचको युद्ध बढ्दै जाँदा उनले अमेरिकी सैन्य अड्डाहरु बन्द नगरे त्यसमाथि आक्रमण जारी रहने बताए ।

मोज्तबाले अमेरिका र इजरायललाई इरानमाथि भएको आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने पनि चेतावनी दिएका छन् ।

इरानी सरकारी टेलिभिजनमा पढिएको सन्देशमा खामेनीले हालको परिस्थितिमा होर्मुज जलडमरू फेरि खोलिने छैन भने ।

रिपोर्टका अनुसार अमेरिका र इजरायली आक्रमणको पहिलो दिन मोज्तबाको खुट्टा भाँचिएको थियो र सामान्य चोट लागेको थियो । उनका बुबा तथा पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको हवाई आक्रमणमा मोज्तबा घाइते भएको खबर आएको थियो ।