काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले उनीसँग सम्झौता गरेको हो । कति समयको सम्झौता गरिएको भन्ने विषयमा भने जानकारी दिइएको छैन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राई र एरेनाले नियुक्ति पत्रमा हस्ताक्षर गरेका छन्। एरेनाको पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको खेलबाट हुने एन्फाले जनाएको छ।
इटालियन प्रशिक्षक एरेना एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। पछिल्लो समय उनले मोरक्कोको क्लब मग्रेब फेजको प्रशिक्षण सम्हालेका थिए।








प्रतिक्रिया