काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई इजरायली–अमेरिकी आक्रमणमा घाइते भएका छन् । इरानका राष्ट्रपति युसेफ पेजेस्कियानका छोराले बुधबार टेलिग्राम मेसेजिङ एपमार्फत यो घटनाको रिपोर्ट गरेको डिफेन्स २४ डटकमले जनाएको छ ।
उनले भनेका छन्, “मैले मोजतबा खामेनेई साहेब घाइते भएको रिपोर्ट सुनेको छु । मैले साथीहरूलाई सोध्दा उनीहरूले अल्लाहको कृपाले, उनी सुरक्षित र स्वस्थ छन् भन्ने बताए ।”
न्यूयोर्क टाइम्सले पनि तीनजना इरानी अधिकारीहरूलाई उद्धृत गर्दै खामेनेई घाइते भएका र विशेष गरी खुट्टामा चोट लागेको बुधबार रिपोर्ट गरेको छ । तर, उनी होसमा भएको र सुरक्षित स्थानमा सीमित सञ्चार पहुँचसहित सुरक्षित रहेको पुष्टि गरेको छ ।
मोजतबा खामेनेईलाई आइतबार नयाँ सर्वोच्च नेता चयन गरिएको थियो । फेब्रुअरी २८ मा इरानमाथि इजरायल र अमेरिकाको हवाई आक्रमणमा उनको बुबा अली खामेनेईको मृत्यु भएको थियो । एएफपीका अनुसार, अली खामेनेई कान्छा छोरा पनि सोही आक्रमणमा घाइते भएका थिए ।








प्रतिक्रिया