३२ असार २०८३, बिहिबार

एमाले केन्द्रीय सदस्य कृष्ण थापालाई बैठकमै हर्टअट्याक

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याइएको हो ।

कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक बिहीबार एमाले कास्की जिल्ला पार्टी कार्यालयमा थियो । त्यसलाई १० मिनेट सम्बोधन गरेपछि इन्चार्ज थापा हृदयघात भई ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगिएको जानकारी एमाले कास्की उपाध्यक्ष भेषराज बरालले पुष्टि गरे ।