काठमाडौं । बुद्ध एयरले लामो समयदेखि सञ्चालनमा रहेको एटीआर–७२ जहाजलाई यसको पूर्ण उडान क्षमता पूरा भएपछि औपचारिक रूपमा सेवा निवृत्त गरेको छ।
सन् २०१० जुलाई २ देखि व्यावसायिक उडान सुरु गरेको उक्त जहाजले करिब १६ वर्षको अवधिमा २४ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको कम्पनीले जनाएको छ। यसको अन्तिम उडान भैरहवाबाट काठमाडौंसम्म गरिएको थियो।
कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत ले जहाजले नेपालमा सुरक्षित र सहज हवाई सेवा विस्तारमा महत्वपूर्ण योगदान दिएको बताए।
यसअघि पनि कम्पनीले एटीआर–४२ जहाजलाई सन् २०२४ मा सेवा निवृत्त गरिसकेको थियो।








प्रतिक्रिया