काठमाडौं । प्रारम्भिक अनुसन्धानले इरानको मिनाब शहरको एक प्राथमिक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणको लागि अमेरिकालाई दोष लगाएको छ । अमेरिकी सैन्य अनुसन्धानका अनुसार पुरानो लक्ष्यीकरण डेटा प्रयोग गरिएका कारण विद्यालयको गलत पहिचान भएको थियो ।
फेब्रुअरी २८ मा भएको आक्रमणमा स्कूल भवनलाई टोमाहक क्रूज मिसाइलले निशाना बनाएको थियो । त्यतिबेला अमेरिकी सेनाले स्कूल नजिकैको इरानी नौसेना अड्डामा आक्रमण गरिरहेको थियो, जुन पहिले सोही क्याम्पसको हिस्सा थियो ।
अनुसन्धानले अमेरिकी केन्द्रीय कमान्डले पुरानो गुप्तचर डेटाको आधारमा विद्यालयलाई सैन्य आधार ठानेर निशाना बनाएको खुलासा गरेको छ ।
इरानी अधिकारीहरूले उक्त आक्रमणमा १६० भन्दा बढी बालबालिकासहित कम्तिमा १७५ जनाको मृत्यु भएको बताएका छन् । अमेरिकी अधिकारीहरूले अनुसन्धान जारी रहेको र पहिलेको तथ्याङ्क किन पुष्टि भएन भनेर अनुसन्धान भइरहेको बताएका छन् । एजेन्सी








प्रतिक्रिया