२८ असार २०८३, आइतबार

गण्डकीका मन्त्री पाठकले योगेश भट्टराईलाई किन भने अमुक शक्ति केन्द्रबाट सञ्चालित एजेन्ट ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले एमाले उपमहासचिव योगेश भट्टराईप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पाठकले भट्टराई चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्ट भएको आरोप लगाउँदै उनलाई पार्टी अनुशासनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनपछि हालै उपमहासचिव भट्टराईले पार्टी नेतृत्वले राजीनामा नदिए अप्रिय कदमहरु चाल्ने चेतावनी दिएका थिए । साथै, चुनावी समीक्षा गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्नुपर्ने भट्टराईको टिप्पणी छ । तर पाठकले एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि भन्दै भट्टराईले गरेको टिप्पणी गलत भएको उल्लेख गरे ।

‘एमाले करेक्सन हुनु पर्दछ र विल्कुलै हुन्छ पनि । तर योगेश भट्टराई जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्ति केन्द्रद्वारा सञ्चालित एजेन्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्दछ,’ पाठकले फेसबुकमा लेखेका छन् ।