१८ असार २०८३, बिहिबार

एनआरएनएको महिला उपाध्यक्षमा टीकाको उम्मेदवारी घोषणा

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्ष पदमा वर्तमान सचिव राधिका गुरूङ (टीका) ले उम्मेदवारी दिने घोषणा गरेकी छन्। एनआरएनएको १२ औँ महाधिवेशन का लागि उनले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेकी हुन्।

झण्डै दुई दशकदेखि एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी गुरूङ करिब ३० वर्षदेखि हङकङ मा बसोबास गर्दै आएकी छन्। उनी त्यहाँ व्यवसाय तथा सामाजिक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्।

गुरूङ एनआरएनए हङकङ मा दुई कार्यकाल अध्यक्ष भइसकेकी छन् भने गैरआवासीय नेपाली संघ को एसिया–प्यासिफिक संयोजक को जिम्मेवारी पनि सम्हालिसकेकी छन्। हाल उनी एनआरएनएको दोस्रो कार्यकालका लागि सचिव पदमा कार्यरत छिन्।

आगामी महाधिवेशनमा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै उनले संस्थामा महिलाको नेतृत्व र सहभागिता अझ सशक्त बनाउने लक्ष्य राखेको बताएकी छन्।