१५ असार २०८३, सोमबार

‘फेक रेस्क्यु’ प्रकरणमा ट्रेकिङ कम्पनी सञ्चालक पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पर्वतारोहणमा गएका पर्यटकको ‘फेक रेस्क्यु’ प्रकरणमा एकजना ट्रेकिङ सञ्चालक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रा.लिका सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरेको हो। प्रहरीले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ५१ को राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसूरमा तथा संगठित अपराधमा पक्राउ गरिएको जानकारी दिएको छ ।

अहिलेसम्म फेक रेस्क्युको आरोपमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित १० जना पक्राउ परिसकेका छन् ।