१८ असार २०८३, बिहिबार

बाबुराम भट्टराई दिल्ली प्रस्थान

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन भट्टराई दिल्ली गएका हुन् ।

भट्टराईको सचिवालयका अनुसार उक्त समिट मार्च १२, १३ र १४ मा आयोजना हुँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वप्रख्यात व्यक्तिहरू सहभागी हुने समिटमा भट्टराई गेस्ट अफ ओनरका रूपमा सहभागी हुन लागेका हुन् ।

भट्टराईले सम्मेलनअन्तर्गत शनिबार बिहान डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार राख्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।