पोखरा । महालक्ष्मी विकास बैंकले फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रमअन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृति र सम्पदा संरक्षण तथा दिगो बैंकिङ प्रवद्र्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न दुईदिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचन पछिको सकरात्मक परिस्थिति तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सृजना हुनसक्ने आर्थिक चुनौतीहरुको समेतको विश्लेषण गरेको छ ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण रहेको फेवाताल किनारमा सामूहिक रुपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको हो । साथै, कार्यक्रममा हरित बैंकिङ्ग र दिगो वित्तीय रणनितिको आवश्यकता माथि विशेष जोड दिइएको छ ।
“सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेका छन् ।








प्रतिक्रिया