३१ असार २०८३, बुधबार

१२ वर्षदेखि कोमामा रहेका युवकलाई ‘इच्छा मृत्यु’ दिन अदालतको अनुमति

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको सर्वोच्च अदालत ले ‘निष्क्रिय इच्छामृत्यु’ सम्बन्धी एक महत्त्वपूर्ण फैसला सुनाउँदै विशेष अवस्थामा बिरामीलाई जीवनरक्षक उपचार हटाएर प्राकृतिक रूपमा मृत्यु हुन दिन सकिने व्यवस्था स्वीकार गरेको छ।

अदालतले १२ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय एक बिरामीको अवस्थालाई आधार मानेर यस्तो अनुमति दिएको बताइएको छ। न्यायाधीश जेबी पार्डीवाला र केभी विश्वनाथन को संयुक्त इजलासले लामो समयदेखि विवादमा रहेको विषयमा निर्णय गर्दै निष्क्रिय इच्छा मृत्युका लागि मार्ग खुला गरेको हो।

साथै अदालतले यस विषयलाई स्पष्ट रूपमा व्यवस्थापन गर्न आवश्यक कानुनी ढाँचा तयार पार्न केन्द्र सरकारलाई समेत विचार गर्न सुझाव दिएको छ।

निष्क्रिय इच्छा मृत्यु भन्नाले निको हुने सम्भावना अत्यन्तै न्यून भएका, लामो समयदेखि कोमा वा गम्भीर अवस्थाका बिरामीको जीवनरक्षक उपचार हटाएर स्वाभाविक मृत्यु हुन दिने प्रक्रिया हो।