२१ असार २०८३, आइतबार

कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता ?

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। यसपटक एक नयाँ दलसहित पाँच पुराना दलले उक्त मान्यता हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पहिलोपटक राष्ट्रिय दलको सूचीमा समावेश भएको छ। उक्त पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मत सीमा पार गर्न सफल भएको हो।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि राष्ट्रिय दलको मान्यता कायम राखेका छन्।

यी दलहरू अघिल्लो प्रतिनिधिसभामा पनि राष्ट्रिय दलका रूपमा रहेका थिए।