१९ असार २०८३, शुक्रबार

अमेरिका–इजरायलको आक्रमणमा हालसम्म १३ सय इरानी मारिए, ८ हजार घरमा क्षति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो १२ दिनदेखि अमेरिका–इजरायल र इरानबीच युद्ध चलिरहेको छ । यस बीचमा अमेरिका र इजरायल मिलेर इरानमा गरेको आक्रमणमा हालसम्म १३ सयभन्दा बढी मानिसहरु मारिएको र करिब ८ हजार घरहरूमा क्षति पुगेको इरानले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावनीका अनुसार इरानका ९ हजार ६ सय क्षेत्रहरूमा आक्रमण भएको छ । निजी घरहरु, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालयहरू आक्रमण भइरहेको इरानको दाबी छ ।

इरानले इजरायलको हाइफा, जेरुसेलम र तेल अभिभमा पनि क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ ।

जारी युद्धले अमेरिकी सेनालाई पनि असर गरेको छ । अमेरिकी रक्षा विभागका अनुसार अहिलेसम्म लगभग १४० अमेरिकी सैनिक घाइते भएका छन् ।