काठमाडौं । इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई अष्ट्रेलियामा शरण दिइएको छ ।
अष्ट्रेलियाका अध्यागमनमन्त्री टोनी बर्कका अनुसार थप दुई महिला खेलाडीलाई मानवीय भिसा दिइएको हो । यसअघि अष्ट्रेलियाले पाँच जना इरानी खेलाडीलाई मानवीय भिसा दिएको थियो । टोलीका खेलाडीहरुलाई विमानस्थलमा लैजानुअघि एक खेलाडी र एक कर्मचारीले अष्ट्रेलियामै बस्न चाहेका थिए ।
यसैबीच, टोलीका बाँकी सदस्यहरू सिड्नीबाट इरान फर्किएका छन् ।
गत साता अष्ट्रेलियामा इरानी टोलीले दक्षिण कोरियाविरुद्धको खेलअघि राष्ट्रिय गान अस्वीकार गर्दै मौन बसेका थिए ।
अमेरिका–इजराइलले इरानमा गरेको आक्रमणपछि महिला एसियाली कपमा इरानी महिला टोलीले राष्ट्रिय गान नगाएपछि यसलाई इरानी सरकारविरुद्धको विरोधको रूपमा हेरिएको छ ।








प्रतिक्रिया