१७ असार २०८३, बुधबार

रूसी राष्ट्रपतिले इरानी राष्ट्रपतिसँग गरे टेलिफोन वार्ता, भने– युद्ध चाँडै रोकिनुपर्छ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धका बीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार राति इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग टेलिफोन वार्ता गरेका छन् ।

पुटिनले युद्ध तुरुन्तै अन्त्य गर्नुपर्ने र यस क्षेत्रमा तनाव कम गर्न आवश्यक रहेको बताए ।

रुसको राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार पुटिनले कुराकानीको क्रममा आफ्नो अडान दोहोर्‍याए र द्वन्द्वलाई राजनीतिक माध्यमबाट समाधान गरिनुपर्ने बताए । फोनवार्ताको क्रममा इरानी राष्ट्रपति पेजेस्कियानले रुसको समर्थन र मानवीय सहयोगको लागि कृतज्ञता व्यक्त गरेका थिए ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनसँग फोनमा कुराकानी गरेको थिए । ट्रम्पका अनुसार उनीहरुबीच इरान युद्ध र युक्रेनको अवस्थाबारे छलफल भएको थियो ।