१० असार २०८३, बुधबार

मोदीलाई धन्यवाद दिँदै बालेनले भने– अझ प्रगाढ र परिणाममुखी सहकार्यमार्फत अगाडि बढ्छौँ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले जित हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई दिएकामा धन्यवाद व्यक्त गर्दै बालेनले नेपालले नेपाल–भारतबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल–भारतबीच रहेको घनिष्ठ मित्रता आगामी दिनमा अझ प्रगाढ र परिणाममुखी सहकार्यमार्फत अगाडि बढ्ने विश्वास बालेनले व्यक्त गरेका छन् ।

साथै बालेनले भारतले लगातार दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाईसमेत व्यक्त गरे ।