६ असार २०८३, शनिबार

राष्ट्रिय गान गाउन अस्वीकार गर्ने यी ५ इरानी खेलाडीलाई अष्ट्रेलियाले दियो ‘मानवीय भिसा’

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसियाली कपबाट इरान बाहिरिएपछि महिला फुटबल टोलीका पाँच खेलाडीहरूलाई अष्ट्रेलियाले अष्ट्रेलियामै रहन मानवीय भिसा दिएको छ । अष्ट्रेलियाका अध्यागमनमन्त्री टोनी बर्कले खेलाडीहरूलाई प्रहरीले सुरक्षित स्थानमा लगेको बताए ।

भिसा प्राप्त गर्ने खेलाडीहरूमा फतेमेह पसान्दीदेह, जहरा घनबारी, जहरा सरबली, अतेफेह रमाजानजादेह र मोना हमौदी रहेका छन् । सरकारले अन्य खेलाडीहरूले पनि चाहेमा अष्ट्रेलियामा बस्न सक्ने बताएको छ ।

गत साता इरानी टोलीले दक्षिण कोरियाविरुद्धको खेलअघि राष्ट्रिय गान अस्वीकार गर्दै ‘मौन’ बसे । यसले गर्दा उनीहरुले इरानमा ‘देशद्रोही’को आरोप खेप्नुको साथै उनीहरुमाथि कडा सजायको माग भइरहेको छ । यसले खेलाडीहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको थियो ।

यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पनि पाँच खेलाडीहरूलाई मानवीय भिसा दिइएको पुष्टि गरेका छन् । साथै, उनीहरूलाई अष्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न अनुमति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिका–इजराइलले इरानमा गरेको आक्रमणपछि महिला एसियाली कपमा इरानी महिला टोलीले राष्ट्रिय गान नगाएपछि यसलाई इरानी सरकारविरुद्धको विरोधको रूपमा हेरिएको छ । साथै, इरानी सञ्चारमाध्यमले खेलाडीहरूलाई ‘देशद्रोही’को आरोप लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गरेका छन् ।