२९ असार २०८३, सोमबार

इरानी महिला खेलाडीले राष्ट्रिय गान अस्वीकार गरेपछि लाग्यो ‘देशद्रोही’को आरोप

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका–इजराइल र इरानबीचको जारी युद्धकाबीच महिला एसिया कपमा आफ्नो देशको राष्ट्रिय गान अस्वीकार गर्दै ‘मौन’ बसेका इरानको महिला फुटबल टोलीले अहिले ‘देशद्रोही’को आरोप खेप्नुपरेको छ ।

इस्लामिक शासनको विरोधमा राष्ट्रिय गानको समयमा मौन रहेका खेलाडीहरूलाई इरानी सरकारी टेलिभिजनमा सिधै ‘देशद्रोही’ भनिएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी महिला फुटबल खेलाडीहरूलाई शरण दिन अष्ट्रेलियालाई अपिल गरेका छन् । ट्रम्पले भने कि यदि उनीहरुलाई इरान फिर्ता पठाइयो भने उनीहरुको ज्यान खतरामा पर्न सक्छ र यो ठूलो मानवीय गल्ती हुनेछ ।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन् कि यदि यी खेलाडीहरूलाई इरान पठाइयो भने उनीहरूले कडा सजाय भोग्नुपर्नेछ वा आफ्नो ज्यान पनि गुमाउनुपर्नेछ । ट्रम्पका अनुसार यदि अष्ट्रेलिया खेलाडीहरूलाई शरण दिन तयार छैन भने अमेरिका उनीहरूलाई शरण दिन तयार छ ।

फेब्रुअरी २८ मा इरानमा भएको आक्रमणपछि अष्ट्रेलियामा जारी महिला एसियाली कपमा इरानी महिला टोलीले राष्ट्रिय गान गाएनन्, यसलाई इरानी सरकारविरुद्धको विरोधको रूपमा हेरिएको छ । त्यसपछि इरानी सञ्चारमाध्यमले खेलाडीहरूलाई ‘देशद्रोही’को आरोप लगाउँदै उनीहरूविरुद्ध कारबाहीको माग गरेका छन् ।