७ श्रावण २०८३, बिहिबार

राजीनामा दिने मनस्थितिमा गगन थापा

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर परिणामपछि राजीनामा दिने मनस्थितिमा उनी पुगेका हुन् ।

थापाले आज राजीनामा दिनेबारे उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेका छन्। सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा थापाले चुनावी पराजयको जिम्मेवारी लिँदै पद त्याग गर्ने सोच बनाएको शर्मालाई बताएका थिए ।

तर उपसभापति शर्माले भने चुनावी हारको जिम्मा कुनै एक व्यक्तिमाथि मात्र नथोपर्नुपर्ने र अहिले सभापतिले राजीनामा दिँदा पार्टी झनै अप्ठ्यारो अवस्थामा पर्न सक्ने भन्दै उनलाई यस्तो निर्णय नगर्न सुझाव दिएका छन्।

शर्माले सभापतिसँग राजीनामाबारे छलफल भएको पुष्टि गर्दै अहिले पार्टीभित्र यस विषयमा थप परामर्श भइरहेको बताए।