काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा झापा–५ बाट अत्यधिक मतका साथ विजयी भएका शाहले सोमबार निर्वाचन कार्यालय झापामा खर्च विवरण पेश गरेका हुन्।
उनले बुझाएको विवरण अनुसार चुनावी अभियानका विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ।
सबैभन्दा धेरै रकम वडास्तरीय प्रचार कार्यक्रममा खर्च भएको देखिएको छ, जहाँ करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको जनाइएको छ। त्यस्तै दुई वटा सवारी साधन प्रयोगबापत करिब २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।









प्रतिक्रिया