१३ असार २०८३, शनिबार

धनकुटामा समानुपातिकतर्फ पनि एमाले पहिलो, रास्वपा दोस्रो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो दल बनेको छ । यहाँ प्रत्यक्षतर्फ एमालेकै राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

धनकुटामा अन्तिम मत परिणामानुसार समानुपातिकतर्फ एमालेले १६ हजार ५६७ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १४ हजार ६७९ मत ल्याउँदै दोस्रो स्थानमा रह्यो ।

श्रम संस्कृति पार्टी १३ हजार ९९० मत प्राप्त गर्दै तेस्रो भयो । नेपाली कांग्रेस आठ हजार ६५१ मतसहित चौथो स्थानमा रह्यो ।

अरू दलमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एक हजार ६३४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक हजार २०५, जनता समाजवादी पार्टी, नेपालले एक हजार ३६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय परिवर्तन पार्टीले ५२४, नेपाल संघीय समाजवादी, बहुजन पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले ४८७, राष्ट्रिय जनमुक्ति पार्टीले २८३, राष्ट्रिय गौरव पार्टीले २४४ मत प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले २०४, सार्वभौम नागरिक पार्टीले १५५, मंगोल नेसनल अर्गनाइजेसनले १४३, नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टीले १२९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १११ मत प्राप्त गरेका छन् ।

जनमत पार्टीले ९२, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ६९, जनअधिकार पार्टीले ६८, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ६३, संयुक्त नागरिक पार्टीले ५६, नेपाल सद्भावना पार्टीले ५४ र प्रजातान्त्रिक पार्टी नेपालले ४८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।