काठमाडौं । सेयर बजारमा दोस्रो ‘हल्ट’ (पाँच प्रतिशत बढेको) देखिएको छ । बजार १३५.७२ अंक बढेर २८४८.२२ मा पुगेको हो ।
दोस्रो हल्टसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ । ४० मिनेटमा खुल्ने बजारमा ६ प्रतिशत वृद्धि देखिएमा बजार सोमबारको लागि बन्द हुनेछ ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा दुई तिहाइ आउने देखिएसँगै लगानीकर्ता उत्साहित देखिएका छन् ।








प्रतिक्रिया