काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीका चारवटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । यससँगै रास्वपाले सप्तरी जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रामजी यादव, क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी र क्षेत्र नम्बर ४ मा सीताराम साह फराकिलो मतान्तरले विजयी भएका हुन् ।
सार्वजनिक मतपरिणाम अनुसार क्षेत्र नम्बर १ मा रास्वपाकी पुष्पा चौधरीले ३८ हजार १९५ मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वाभिमान पार्टीका सुमित साहले सात हजार ८४७ मत प्राप्त गरे ।
क्षेत्र नम्बर २ मा रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याई निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादवले १४ हजार २६३ मत प्राप्त गरे ।
यस्तै, क्षेत्र नम्बर ३ मा रास्वपाका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत पाए ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा रास्वपाका सीताराम साहले ३६ हजार ४१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गरे ।








प्रतिक्रिया