काठमाडौं । सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार युवराज दुलाल निर्वाचित भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बंशलाल तामाङलाई पराजित गरेका हुन् ।
दुलालले २१ हजार ५७२ मत ल्याउँदा तामाङले १८ हजार ८४८ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का शेरबहादुर तामाङले १५ हजार ५१४ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अजय श्रेष्ठले १३ हजार ९१७ मत प्राप्त गरे।








प्रतिक्रिया