२५ असार २०८३, बिहिबार

अन्तर्घातको आरोपमा कांग्रेसका दुई नेता ५ वर्षका लागि निष्कासित

26.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा बैतडीका दुई नेतालाई कारबाही गरेको छ।

महासमिति सदस्य उत्तरबहादुर ऐर र जिल्ला कार्यसमिति सदस्य बिरेन्द्रबहादुर ऐरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरिएको हो।

कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दविरुद्ध काम गर्दै अन्य दलका उम्मेदवारका लागि मत मागेको आरोप लागेपछि उनीहरूमाथि कारबाही गरिएको जनाइएको छ।

जिल्ला अनुशासन समितिका अनुसार प्रमाणका रूपमा अडियो सामग्रीसमेत भेटिएको छ।

कारबाहीमा परेका दुबैजना दाजुभाई हुन्।