५ श्रावण २०८३, मंगलबार

काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्ला केही दिनदेखि देशभर तुवाँलोका कारण आकाश धुम्मिएको छ भने वायुप्रदूषणको स्तर उच्च बनेको छ। काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा पुगेको हो।

काठमाडौंमा एयर क्वालिटी इन्डेक्स १८४ भन्दा माथि पुगेको छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ। काठमाडौंका शंखपार्क, भैसेपाटी, रत्नपार्क, खुमलटार र कीर्तिपुर क्षेत्रमा प्रदूषण उच्च देखिएको छ। इलाम र देउखुरी दाङ पनि प्रदूषित शहरको सूचीमा परेका छन्।

जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीका अनुसार भारतको बिहार आसपासको प्रदूषणको असर नेपालमा समेत परेको हो। उनले अत्यधिक प्रदूषणबाट बच्न मास्क प्रयोग गर्न र अनावश्यक बाहिर ननिस्कन आग्रह गरेका छन्।