१५ असार २०८३, सोमबार

रास्वपाले समानुपातिकतर्फ १६ लाख मत कटायो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ लगभग ३२ लाख मतगणना सम्पन्न भएको छ । पछिल्लो तथ्यांक अनुसार ३२ लाख ९३ हजार ९४५ समानुपातिक मतगणना सकिएको हो ।

जसमध्ये ५० प्रतिशत अर्थात् १६ लाख ४१ हजार १५३ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । यसैगरी नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले हालसम्म समानुपातिकतर्फ ४ लाख ६४ हजार ३४१ मतसहित तेस्रो स्थानमा रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २ लाख २५ हजार ७८१ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ लाख १९ हजार ७६७ मत पाएको छ । यसैगरी श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत पाएको आयोगले जनाएको छ ।