काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा इजरायलले इरानी तेल भण्डारहरूमा आक्रमण सुरु गरेको छ ।
इजरायली मिडिया वाइनेटका अनुसार इरानका ३० वटा इन्धन ट्याङ्की र धेरै तेल डिपोहरूलाई निशाना बनाइएको हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई पूर्ण रूपमा आत्मसमर्पण गर्न भने । ट्रम्पका अनुसार इरान लडाईं जारी राख्न असमर्थ हुनेछ र अन्ततः आत्मसमर्पण गर्नेछ । उनले इरानले आफैं आत्मसमर्पण गर्नुपर्ने या त आफ्नो सैन्य शक्तिलाई कमजोर बनाउनुपर्ने टिप्पणी गरेका थिए ।
शनिबार नै इरानी सेनाले अमेरिकालाई धम्की दिएको छ कि यदि उसको जहाज फारसी खाडीमा प्रवेश गर्यो भने त्यसलाई समुद्रमा डुबाइनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले हालै अमेरिकी नौसेनाले चाँडै नै होर्मुजको जलडमरूबाट जाने तेल ट्याङ्करहरूलाई सुरक्षा दिन फारसी खाडीमा जहाजहरू पठाउन सक्ने बताएपछि इरानको यो बयान आएको हो ।













प्रतिक्रिया