४ श्रावण २०८३, सोमबार

रास्वपाले कटायो १०० सिट, एमालेको सात

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०० सिट कटाएको छ । जारी मतगणनामा आइतबार बिहान साढे ८ बजेसम्म रास्वपातर्फका उमेदवार १०२ क्षेत्रमा निर्वाचित भइसकेका छन् । २२ क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार १५ क्षेत्रमा विजयी भइसकेका छन् । दुई क्षेत्रमा कांग्रेस उम्मेदवार अगाडि छन् ।

नेकपा (एमाले)का उम्मेदवार सात क्षेत्रमा निर्वाचित भएका छन् । चार क्षेत्रमा एमाले उम्मेदवार अग्रस्थानमा छन् ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार ६ क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा नेकपाका उम्मेदवार अगाडि छन् ।

श्रम संस्कृति पार्टीका उम्मेदवार एउटा क्षेत्रमा निर्वाचित भएका छन् । दुई क्षेत्रमा श्रम संस्कृतिका उम्मेदवार अगाडि छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार एउटा क्षेत्रमा विजयी भएका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार एउटा क्षेत्रमा अगाडि छन् ।