२९ असार २०८३, सोमबार

समानुपातिकतर्फ साढे ५ लाख मतगणना हुँदा ३ लाख रास्वपालाई

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३ लाख मत कटाएको छ । बेलुका ६ बजेसम्म कूल गणना भएको ५ लाख ६२ हजार २५४ मतमध्ये रास्वपाले मात्र ३ लाख १ हजार ३६८ मत पाएको हो ।

यसैगरी नेपाली कांग्रेसले ९० हजार ७२९ मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले हालसम्म समानुपातिकतर्फ ७३ हजार ६७२ मत पाएको छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३१ हजार ६७० मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २३ हजार ८०५ मत पाएको छ ।

यसैगरी श्रम संस्कृति पार्टीले ११ हजार ८०६ समानुपातिक मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ८ हजार ५४ मत पाएको आयोगले जनाएको छ ।