३२ असार २०८३, बिहिबार

इरान छिमेकी देशहरु सामु झुक्यो : अमेरिकी राष्ट्रपति ट्रम्प

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना छिमेकीहरूसामु आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले यस्तो बताएका हुन् ।

ट्रम्पले इरानले छिमेकी देशहरूसँग माफी मागेको र उनीहरूमाथि फेरि आक्रमण नगर्ने वाचा गरेको उल्लेख गरेका हुन् । उनले यो कदम अमेरिका र इजरायलको निरन्तर आक्रमणको दबाबका कारण भएको समेत लेखेका छन् ।

यसअघि इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानले छिमेकी देशहरूमाथिको आक्रमण रोक्ने तर त्यहाँबाट इरानमाथि आक्रमण भएमा जवाफ दिने बताएका थिए ।