काभ्रे । काभ्रे २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदनकुमार भण्डारी विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरेका हुन् ।
भण्डारीले ५३ हजार ३४४ मत ल्याएर विजयी हुँदा आचार्यले १७ हजार ८६८ मत ल्याए ।
यस्तै नेकपा एमालेका उम्मेदवार अशोक कुमार व्यञ्जु श्रेष्ठले १३ हजार ९४० मत प्राप्त गर्दा नेकपाका वसुन्धरा हुमागाइँले ८ हजार १०८ मत प्राप्त गरेका छन्।
उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैँजुले ३ हजार ७४९ मत प्राप्त गर्दा राप्रपाका रंजिव श्रेष्ठले १ हजार १२५ मत प्राप्त गरे ।








प्रतिक्रिया