२६ असार २०८३, शुक्रबार

जाजरकोटमा कांग्रेसका खड्कबहादुर बुढा विजयी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटस्थम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शक्तिबहादुर बस्नेतलाई हराएका छन् ।

बुढाले २० हजार एक सय ४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार चार सय सात मत प्राप्त गरी उपविजेता बने ।

नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार आठ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ ।

बुढा कांग्रेस जाजरकोटका कार्यबहाक सभापति हुन् । कांग्रेस निकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका बुढा २०७४ मा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका थिए ।