१७ असार २०८३, बुधबार

ताप्लेजुङमा एमालेका थेबेको अग्रता

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङमा नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबेले अग्रता लिएका छन् । कोशी प्रदेशमै कमजोर उपस्थिति रहेको एमालेले ताप्लेजुङमा भने अग्रता लिएको हो ।

थेबेले १० हजार ४५६ मत ल्याउँदा कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बू पछि परेका छन् । उनले यो समाचार तयार पार्दासम्म ८ हजार ८६३ मत ल्याएका छन् । त्यस्तै नेकपाका खेलप्रसाद बुडाक्षेत्री ४ हजार ६४८ मत ल्याएर तेस्रो छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार सन्तोष राई चौथो स्थानमा छन् ।

उनले ३ हजार ९३४ मत ल्याउँदा रास्वपाका वीरेन्द्र श्रेष्ठले २ हजार १६३ मत ल्याएर पाँचौ स्थानमा छन् ।