२६ असार २०८३, शुक्रबार

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण

14k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल दुबई विमानस्थलमा हवाई आक्रमण गरेको छ । शनिबार विमानस्थलमा हवाई आक्रमण हुँदा अवतरण गर्न खोजेका धेरै एमिरेट्स एयरलाइन्सका विमानहरूलाई फिर्ता पठाइएको छ ।

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ का अनुसार केही विमानहरू होल्डिङ भएर घुमिरहेका छन् भने केही विमानहरु अन्य विमानस्थलहरूमा डाइभर्ट गरिँदैछ । यसबारे दुबई विमानस्थलबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।

अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा गत १ मार्चमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलले सबै निर्धारित उडानहरू स्थगित गरेको थियो ।