काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अच्युतम लामिछाने
निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।
लामिछानेले ३२ हजार ५४ मत ल्याउदा केसीले १५ हजार ५०३ मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का केशवराज पाण्डेले आठ हजार २८५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार हिरानाथ खतिवडाले ६ हजार ७२० मत पाए ।








प्रतिक्रिया