काठमाडौं । यूएईमा इरानको आक्रमणबाट ज्यान गुमाएका दिवस श्रेष्ठको शव नेपाल पठाइएको छ । उनको शव स्थानीय समयअनुसार शनिबार बिहान ९ः२५ बजे एयर अरेबियाको जहाजमार्फत नेपाल पठाइएको नेपाली दूतावासले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया, पोस्टपार्टम र कागजी काम पूरा गरी उनको शव नेपाल पठाइएको हो ।
दिवस गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङ थान्तीका हुन् । उनी यूएईमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए । उनको गत आइतबार ज्यान गएको थियो । दिवस परिवारका एक्ला छोरा थिए । उनकी दिदीको विवाह भइसकेको छ ।
इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि पछिल्लो समय खाडीका अन्य देशसहित यूएईमा पनि युद्ध चर्किएको छ ।
यूएईको आकाशमा अहिले पनि विभिन्न समयमा मिसाइल र ड्रोन आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ । यूएईको प्रतिरक्षा प्रणालीले धेरैजसो आक्रमणलाई आकाशमै निस्तेज पारे पनि तीनै निस्तेज पारिएका मिसाइल तथा ड्रोनका टुक्रा खस्दा केही स्थानमा मानवीय तथा भौतिक क्षति भएको छ ।








प्रतिक्रिया