२८ असार २०८३, आइतबार

गगन थापाभन्दा अमरेशकुमार ६,००२ मतान्तरले अगाडि

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा सर्लाही क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अमरेशकुमार सिंह निरन्तर अगाडि छन् । पछिल्लो मत परिणामानुसार उनले १४ हजार ४३४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आठ हजार ४६२ मत ल्याएका छन् । सिंह र थापाबीचको मतान्तर ६ हजार दुई छ ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अमनिशकुमार यादवले दुई हजार २६१ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।