भक्तपुर । नेपाल मजदुर कुसान पार्टीको किल्ला भत्काउदै भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित दर्ज गरेको छ । नेमकिपाका प्रेम सुवाललाई पराजित गर्दै रास्वपाका रुकेश रन्जित विजयी भएका हुन् ।
रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मात्रै पाएका छन्। काँग्रेसका किरण न्यौपानेले ४ हजार २८२, एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१, राप्रपाका भरत खड्काले २ हजार ४७२ र नेकपाका हरिराज लवजुले ११ सय ७७ मत पाए।








प्रतिक्रिया