३ श्रावण २०८३, आइतबार

१४ हजार मत गन्न बाँकी हुँदा नै स्वर्णिमको जित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन् । १४ हजार मत गणना बाँकी रहँदै १७ हजार बढी मतान्तर भइसकेको छ ।

एक लाख २६ हजार ८८२ मतदाता रहेकामा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो । पछिल्लो मतपरिणाम अनुसार, रास्वपाका स्वर्णिमले ३० हजार ५ मत प्राप्त गरेका छन् । १७ हजार ११३ मतान्तर छ । ५३ हजार ५७८ गणना भएको हो । अब १४ हजार ५५१ मत गन्न बाँकी छ ।

यस्तै, कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८८७, एमालेकी भगवती न्यौपानेले चार हजार १८, नेकपा विद्यानाथ ढकालले दुई हजार १२५, राप्रपका रामदत्त जोशीले ६७२, उज्यालो नेपाल पाटीका मञ्जिल रानाले ४११, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ८६१ मत पाएका छन् ।